ताजा पोस्ट :

क्याम्ब्रिज युनिर्भरसीटिले ए लेभलको जाँचै नदिई फेल गराएपछि अभिभावक शिक्षक र विद्यार्थीहरुले ब्रिटिश काउन्सिल घेरे

5860

- राजन थापा /सबु बस्नेत, काठमाडौं, श्रावण ३०

काठमाडौंको लाज्मिपाट स्थीत ब्रिटिश काउन्सिल नजिकै सयौँका संख्यामा हातमा प्ले कार्ड लिएर विभिन्न कलेजबाट ए लेभलको रिजल्ट क्याम्ब्रिज युनिर्भरसीटिले राम्रो नगरेको भन्दै विद्यार्थीहरुले शान्तिपुर्ण र सामाजिक दुरी सहित अपनाएर धर्ना प्रदर्शन गरेका छन् । विभिन्न प्ले कार्ड बोकेका विद्यार्थीले प्लेकार्डमा आफ्नो कलेजले पठाएको नंम्बर अनुसारको अंक पाउनुपर्ने तथा बढी आउनु पर्ने तर कम कसरी भयो भन्दै आपत्ती जनाएका छन् । उनीहरुको प्लेकार्डमा विद्यार्थीको भविष्यमा खेलवाड गर्न नपाईने बताएका छन् । कक्षा टप भएका विद्यार्थी रिजल्ट आउँदा कसरी फेल भयो वा कसरी कम नम्बर आयो भन्दै उनीहरुले गुनासो पोखेका छन् । साथै विद्यार्थीसगँ आएका अभिभावक र शिक्षकहरु पनि सोही कुरामा आफुहरु अन्योलमा परेको र बच्चाको भविष्य माथि यसरी खेलवाड नगरियोस् भन्दै आफुहरु पुनः नम्बर सहि पाउनु पर्ने वा परिक्षा दिन पनि तयार भएको बताउँछन् । साथै यो विषय लाई लिएर कतिपय कलेजका शिक्षकहरु विद्यार्थी तथा अभिभावकका सम्पर्कमा आउन पनि चाहेका छनन् अविभावक भन्छन् ।

कोही कोही विद्यार्थी भने आफु कलेजमा राम्रो नम्बर ल्याउने भए पनि उता युनभरसिटीले भने नम्बर कम र कती विद्यार्थीको त फेलनै भएकाले यो एक युनर्भसिटीको पैसा खाने काम मात्रको लागि यस्तो गरेको पनि बताउँछन् । हैन भने हामीलाई दुई वर्ष सम्म पढेको कलेजको शिक्षकले सबै प्रक्रिया हेरेर नम्बर पठाउँदा पनि किन पास भएका विद्यार्थीलाई फेल बनार पठाउने भन्दै गुनासो गरे त्यस्तै बरु हामीहरु प्रिक्षा दिन पनि तयार भएको उनीहरु बताउछन् । 

 हाल विश्वभरि फैलिएको कोभिड १९ को कारण प्रत्यक्ष रुपमा पहिलो असर नै शिक्षा क्षेत्रमा परिरहेको छ । नेपालमा पनि विभिन्न तहका विद्यालय र विश्वविद्यालयका परिक्षाहरु कति राकिएका छन् भने कती आन्तरिक मुल्याकनबाटनै नम्बर दिएर परिक्षा गरेका छन् । यस्तो समयमा विद्यार्थीहरुको मनोबल उच्च राख्न भएतापनि राम्रो लेवल दिनु पर्नेमा क्यामब्रिज युनिर्भरसिटीले यसरी विद्यार्थीको नै मनोवल घटाउने किसीमले मुल्याकन गर्नु आफैमा एक अविशवसिलो काम भएको विद्यार्थीका अभिभावक र शिक्षक बताउछन् । केही समय प्रर्दशन गरी शिक्षक ,विद्यार्थी र अभिभाबकले संयुक्त रुपमा ब्रिटिश काउन्सिललाई ज्ञापन पत्र बुझाएका छन् ।