ताजा पोस्ट :

ज्ञानोदयका छात्राहरूलाई नि:शुल्क सेनिटरी प्याड वितरण कार्यक्रमको शुभारम्भ गरे मेयर विद्यासुन्दर शाक्यले

6410

ज्ञानोदय विद्यालयमा यस वर्षको लागि निशुल्क निशुल्क  सेनिटरी प्याड वितरण कार्यक्रमको मेयर विद्यासुन्दर शाक्यले शुभारम्भ गरेका छन् । जसबाट विद्यालयमा अध्ययरत छात्राहरूले एक पटक महिनावारी हुँदा १६ वटा सेनिटरी प्याड पाउने छन् । विद्यालयका अनुसार १६ वटा प्याडले पनि नपुगे विद्यालयमा रहेको भेन्डिङ मेसिनमा सिक्का राखेर आवश्यकताअनुसार थप लिन पनि सक्नेछन् । मेयर शाक्यले सेनिटरी प्याडको प्रयोगले छात्राहरूको स्वास्थ्यमा सुधार हुनुका साथै विद्यालय उपस्थिति दर बढाउने विश्वास व्यक्त गर्नुभयो ।  ज्ञानोदयले यस कार्यक्रम आउनुभन्दा अगाडि विगतका वर्षहरूमा पनि आफ्नै आन्तरिक स्रोतबाट समेत निशुल्क प्याड उपलब्ध गराउँदै आएकोमा सरकारी बजेट आएपछि थप सहज भएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष उर्मिला मालीले बताइन् । उक्त कार्यक्रममा शहरी विकास आयोजनाका प्रतिनिधि, महानगर शिक्षा विभागका प्रतिनिधि, कामपा १३, १४, १५ र १८ का अध्यक्ष तथा जनप्रतिनिधिहरू, विद्यालयका शिक्षकहरू र कक्षा १०, ११ र १२ का छात्राहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रधानाध्यापक नातीकाजी महर्जनले विद्यालयको संक्षिप्त विवरणसहित स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन सहायक प्रधानाध्यापक विष्णु रिमालले गरेका थिए ।