ताजा पोस्ट :

रामेश्वर बोहराद्धारा तारकेश्वर वडा नं ९ को भवन समुदघाटन सम्पन्न

5720

तारकेश्वर नगरपालिका वडा नं ९ को भवन  एक औपचारकि कार्यक्रमका बीच नगरप्रमुख रोमश्वर बोहराले मिति २०७६ असोज १ गते समुदघाटन गरेका छन । नगरबासीहरुले सास्ती झेल्दै आएको कुरा नगरपालिकाले महशुस गरेको बताउदै मेयर बोहराले बताए । साथै यी समस्याहरुलाई समाधान गर्न नगर जनतासँको हातेमालोमा विकास निर्माणमा जुट्ने पनि बताउनुभयो । 

तारकेश्वर–९ का वडाध्यक्ष बलराम सिटौलाले २ वर्षमा वडाको सडक, खानेपानी र ढलको समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो ।

भवन समुदघाटन तथा दशै तिहारको शुभकामना आदान प्रदान सहितको सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिरामणी सुबेदी, तारकेश्वर–८ का वडाध्यक्ष मनोज कुमार घिमिरे, तारकेश्वर–१० का अध्यक्ष अमृत थापा, तारकेश्वर–२ का वडाध्यक्ष रविन्द्र के.सी, तारकेश्वर–१, का वडाध्यक्ष विदुर सापकोटा, मनमैजु मावि का प्रधानाध्यापक भक्तमान मर्हजन सहित नगरपालिकाका कर्मचारीहरु, टोल सुधार समितीका प्रतिनिधीहरु लगायत स्थानिय हरुको उपस्थिती रहेको थियो ।

तारकेश्वर वडा नं ९ को कार्यालय मनमैजु सूर्यदर्शन टोल सामन्ने रहेको छ । मनमैजु शुभकामना चोकबाट ५०० मिटर उत्तर पश्चिममा वाक्चापाखा टोलमाथि शिवमन्दिरसँगै ९ नं वडा कार्यालयले आफ्ना सेवामुलक कार्यहरु मिति २०७६ असोज १ गतेदेखि नै सुचारु गरेको जनाएको छ ।