ताजा पोस्ट :

काठमाडौं जिल्ला खुल्ला दिसामुक्त क्षेत्र घोषणा, ७ खर्ब १५ अर्ब २३ करोड बजेट खर्च

920

काठमाडौं– जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले काठमाडौं जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेको छ ।

काठमाडौं महानगरपालिकाले भने महानगरलाई गत २६ गते खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिसकेको थियो ।

चुनौतीका बाबजुत पनि समितिले यस जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गेको हो । काठमाडौं उपत्यकाभित्र रहेको भक्तपुरलाई २०७० साल कार्तिकमा र ललितपुरलाई २०७५ साल जेठमा खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।

‘पूर्ण सरसफाइ हाम्रो अभियान, स्वच्छ र सुन्दर काठमाडौंको पहिचान’ नारा सहित समितिले सरसफाइ अभियान ०६५ बाट काठमाडौंमा शुरु गरेको थियो ।

नेपाल सरकारबाट वि.स. २०६८ सालमा सरसफाई गुरु योजना जारी गरिएपछि विभिन्न जिल्लामा सरसफाइको कार्यक्रम सुरु गरेको समितिका सदस्य सचिव शिव सुन्दर राज वैद्यले जानकारी दिए ।

यससँगै सबै जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्न शौचालय निर्माणका लागि मात्र ७ खर्ब १५ अर्ब २३ करोड बजेट खर्च भइसकेको छ ।