ताजा पोस्ट :

थानापति सेवा समाजको पाँचौं साधारणसभा सम्पन्न, जेष्ठ नागरीक र जेहेन्दार बिद्यार्थी सम्मानित

3670

 थानापति सेवा समाजको पाँचौं बार्षिक साधारणसभा मिति २०७६ साल भाद्र २१ शनिबार काठमाण्डौंमा  भव्यताकासाथ भएको छ ।  समाजको कार्यक्रम सामुदायिक भवन  महादेवटार हाईट गोङ्गवुमा १० वर्ष प्रवेशको अवसरमा पाँचौं साधारण सभा भएको हो । बार्षिक साधारण सभामा संस्थामा आबद्ध रहेका जेष्ठ नागरीक तथा २०७५ सालमा एसईई परिक्षामा सहभागी भई उत्कृष्ट अंक ल्याउन सफल संस्थाका सदस्यका छोराछोरीलाई सम्मान समेत गरिएको थियो ।  निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको प्रमुख आतिथ्यतामा थानापति सेवा समाजले जेष्ठ नागरीकहरुलाई प्रमाणपत्र र खादा ओडाएर तथा उत्कृष्ट छात्रछात्राहरुलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको संस्थाका महासचिव पुरुषोतम थपलियाले बताए ।

जेष्ठ नागरीक ९९ बर्षका ज्ञानप्रसाद थपलिया, मुकुन्दराज लोहनी बर्ष ९३, देवी मायाँ थापा बर्ष ९२, बिष्णु कुमारी लोहनी बर्ष ९१, होम देवी थपलिया बर्ष ९०,अयोध्यादेवी थपलिया बर्ष ९०, गोरी डंगोल बर्ष ८७, मोहनलाल पाण्डे बर्ष ६८, हरिप्रिया भेटुवाल बर्ष ८५, टिकाराम कंडेल बर्ष ८३, टिकाराम कंडेल, विश्वनाथ कंडेल बर्ष ८२, भक्तिमाँया थपलिया बर्ष ८१, विश्वनाथ कंडेल बर्ष ८२, भक्तिमायाँ थपलिया बर्ष ८१, भगवती लोहनी बर्ष ८१, खुस कुमारी कंडेल बर्ष ८१, कल्याणी थपलिया बर्ष ८०, भिमप्रसाद खकुरेल बर्ष ८०, शिवनाथ सिलवाल बर्ष ७९, गणेशप्रसाद लोेहनी बर्ष ७९, बिष्णुप्रसाद कंडेल बर्ष ७८, कृष्णप्रसाद पाण्डे बर्ष ७८, गोकप्रसाद थपलिया बर्ष ७८, श्यामकृष्ण पाण्डे बर्ष ७६, कृष्णप्रसाद खकुरेल बर्ष ७६, मणिनाथ लोहनी, बर्ष ७५, रामकृष्ण सेढाँई बर्ष ७५, गृहलाल पाण्डे बर्ष ७५, नानीमैयाँ पाण्डे बर्ष ७५,सूभकुमारी खकुरेल बर्ष ७५, नानीमैयाँ पाण्डे(भानु) बर्ष ७५, माधव प्रसाद पाठक बर्ष ७४, भैरबप्रसाद थपलिया बर्ष ७४, मीरा थपलिया बर्ष ७४, दालचिनी कुमारी सिलवाल बर्ष ७४, बाबुकाजी पाठक बर्ष ७३, शिलादेवी थपलिया बर्ष ७३, ज्ञानप्रसाद रिजाल बर्ष ७३, इश्वरीप्रसाद थपलिया बर्ष ७३, लालराज भेटुवाल बर्ष ७२, रामप्रसाद खकुरेल बर्ष ७२, हरिप्रसाद पाण्डेय बर्ष ७२, युवराज थपलिया बर्ष ७१, किर्तिराज सिटौला बर्ष ७० सम्मानीत हुनुभएको छ । 

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिब रामप्रसाद  थपलिया, नेपाली काँग्रेसका नेता बाबुकाजी पाठक, नेकपाका नेता राजेन्द्रप्रकाश लोहनी, व्यवसायी तथा समाजसेवी मणीनाथ लोहनी, ज्योतिष ओझराज उपाध्यााय लोहनी,  पर्यटन व्यवसायी बलाराम पाठक, युवा नेता केशव रिजाल  लगायत बिभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तित्वहरुको उपस्थीति रहेको   थियो ।

समाज सेवाको भावनाले नुवाकोटको शिवपुरी गाँउपालीका ८ थानापति घर भई काठमाण्डौ तथा बिदेशमा बसोबास गर्नेहरुलाई ऐक्यबद्ध गर्ने उद्देश्यका साथ थानापति सेवा समाजको स्थापना २०६६ सालमा भएको हो ।

कार्यक्रममा २०७५ सालको एसईई परिक्षामा उत्रिण भएका थानापति सेवा समाजका सदस्यका १५ जना छोराछोरी तथा जनज्ञान निकेतन माध्यामीक विद्यालयबाट एसईईमा उत्कुष्ट ग्रेट पाउने एकजान छात्र र एकजान छात्रालाई जनही रु दुई हजार नगद सहित सम्मान गरिएको थियो ।