ताजा पोस्ट :

युरो किड्स गोगंबुको तिज विशेष कार्यक्रम सम्पन्न ।

7520

काठमाडौ भदौ १२- गोगबुमा रहेको युरो किड्स स्कुलले हरितालिका तिजको अबसरमा आज तिज विशेष कार्यक्रम र तिज फोटो प्र तियोगिता कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि टोखा नगरपालिका उप मेयर ज्ञानिमाया डंगोल काे  आथित्यतामा भएको थियो ।

उहाँ ले अन्तरास्ट्रिय स्तरको विद्यालयले नेपाली चाडकाे बारेमा विद्यार्थी हरु लाई जानकारि दिएर नेपाली मौलिक सस्कृती को जगेर्ना गरेकोमा धन्यवाद दिदै यस बिद्यालयको उतरो उत्र्तर प्रगतिको कामना गर्दै सम्पुर्ण नेपाली दिदीबहिनीको चाड तिज पर्व को शुभकामना दिनु भएको थियो ।

 

कार्यक्रम मा तिज फाेटाे प्रतियोगिता मा प्रथम हुनु भएको सरस्वती टण्डन, दितिय अनामिका कार्कि, तेस्रो सिर्जना बस्नेत लाई सम्मानित गरिएको थियो ।कार्यक्रम प्रमोद पण्डेको सभापति मा भएको थियो । अभिभावक ,विद्यार्थी र शिक्षकहरुको  नृत्यले तिज विशेष कार्यक्रम लाई रमाइलो  हर्सोल्लामय बनायको प्रमोद पाण्डेले शिवपुरी अनलाइन लाई जानकारी दिनुभयो ।