ताजा पोस्ट :

सम्पन्न बहुउद्देश्यीय सहकारीको सेवा केन्द्र माछापोखरीमा, शुभारम्भ

4250

 काठमाडौं । सम्पन्न बहुउद्देश्यीय सहकारी संस्थाले माछापोखरीमा सेवा केन्द्र संचालनमा ल्याएको छ । २०६४ साल स्थापना भएको यस सहकारीले आफ्ना सदस्यहरुको सेवालाई मध्यनजर गर्दै सेवा केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ । सेवा केन्द्रको उद्घाटन काठमाण्डौं क्षेत्र नं. ७ का सांसद रामवीर मानन्धरले गरे । उनले सहकारी संस्थाहरु नाफामूलकभन्दा पनि सहकारीको मर्मअनुसार चल्नुपर्ने बताए । मुलुकको निर्यात घटिरहेको र आयात चरम उत्कर्षमा पुगेको बेला सहकारीले उत्पादन बढाउन सक्ने भन्दै मानन्धरले ठूलो टेवा पुर्याउन सक्ने बताए ।

सहकारीको अध्यक्ष बलराम खतिवडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा काठमाडौं महानगरपालिका वाड नं. १६ का अध्यक्ष मुकुन्द रिजालले स्थानीय तहमा रहेको पुँजीलाई उत्पादनसँग जोड्न आग्रह गरे । समारोहमा सहकारीका सचिव तथा प्रवन्धक निर्मल गुरुवाचार्यले सहकारीको वित्तिय विवरणबारे प्रकाश पारेका थिए । यही जेठ मसान्तसम्म सहकारीको एक करोड २५ लाख सेयर पुँजी तथा निक्षेप १६ करोड नौ लाख रहेको छ । कर्जा लगानी १२ करोड ९८ लाख तरलता दुई करोड २५ लाख रहेको र कुल वासलात २० करोड २१ लख रहेको बताइयो । कार्यक्रममा बुद्धभुमि  हाईडाे पावर कम्पनीका अध्यक्ष पुर्णलाल श्रेष्ठ, सहकारीका कोषाध्यक्ष प्रदिप पाठक(सुमन), तारकेश्वर यातायात प्रालिका अध्यक्ष मिनबहादुर मानन्धर लगायतले बोलेका थिए । महाराजगञ्जमा केन्द्रीय कार्यालय रहेको यस सहकारीले आईएमई, प्रभु वेष्टर्न युनियन, हिमाल रेमिट लगायतबाट विप्रेषण सेवा उपलव्ध गराउँदै आएको सहकारीका सेवाकेन्द्र प्रमुख रमेशमान प्रधानले बताए ।