ताजा पोस्ट :

नुवाकोटको लिखुमा पहिलो पटक सेनेटरी प्याड भेनडिङ मेसिन हस्तान्तरण,

6070

लिखु - नुवाकोट जिल्ला को लिखु गाउँपालिका मा रहेका २ ओटा  विधालयमा ने.क.पा. नुवाकोटका  जिल्ला नेता एवंम  समाजसेवी लायन्स कलब अफ काठमाडौँ डाउनटाउनका प्रथम उपाध्यक्ष  पूर्ण लाल श्रेष्ठले लिखु गाउ पालिका का दुई बिधालयलाई एक कार्यक्रम बिच  १/ १ थान सेनेटरी प्याड भेन्डिङ मेसिन हस्तान्तरण गर्नु भएको छ। 

 

श्रेष्ठले क्षेत्रपाल मा वि  चौघडाका प्रधानध्यापक कृष्ण बहादुर राई र बिद्यालय व्यवस्थापनका अध्यक्ष शैलेन्द्र राई तथा महेन्द्र महेशदेव मा. वि. थानसिङ्गका प्र.अ. मदन श्रेष्ठ  र बिद्यालय व्यवस्थापनका  अध्यक्ष  एवं सामुदायिक विधालय व्यवस्थापन महासंघ लिखुका अध्यक्ष राम बहादुर ओझा लाई हस्तान्तरण गर्नु भएको छ ।

 

पहिलो पल्ट नुवाकोट लिखुको दुई विधालय लाई हस्तान्तरण गरिएको  मेसिन लायन्स क्लब अफ काठमाडौँ डाउनटाउन र विधालयको सयुक्त सहभागीमा खरिद गरिएको थियो 

दुई विधालयमा अध्यनरत तिन सय पचास जना छात्रालाई महिनावारीको समयमा प्याड निकाल्न सजिलो हुनेछ र महिनावारीको समयमा विधालयमा छात्राहरु उपस्थितिमा कमि नहुने विश्वास गरिएको छ

उक्त हस्तान्तरण कार्यक्रममा  ने क पा का जिल्ला नेता पूर्ण लाल श्रेष्ठले बतमान सकारले बजेट मार्फत नेपाल भरिका विधालयमा निशुल्क सेनेटरी प्याड वितरण कार्यक्रम ल्याएको भन्दै यस्तो कार्यक्रमले विधालय का छात्राहरु लाभान्धित हुने विश्वास गर्नु भएको छ

 

यसै गरि लिखु २ लब्दु स्थित श्रीकृष्ण आधारभूत प्रथामिक विधालयमा अध्यनरत ४० जना विधार्थीलाई ४० थान झोला, स्टेशनरी सामानहरु समेत वितरण गर्नु भएको छ त्यस विधालयमा आयोजित कार्यक्रममा  ने क पा का जिल्ला नेता पूर्ण लाल श्रेष्ठ, ने क पा का जिल्ला सदस्य प्रदिप प्रसाद पाठक(सुमन) लायन्स क्लब अफ काठमाडौँ डाउनटाउनका सदस्य पार्वती श्रेष्ठ लगायतले झोला र स्टेशनरी सामान वितरण गर्नु भएको थियो

विधालयका प्र.अ.पान्ड़प राई र विधालय व्यवस्थापन समितिका अध्यक्ष मधु राइको समेत उपस्थिति रहेको थियो