ताजा पोस्ट :

नुवाकोट ग्लोरिले मनायो ४५ औं बिश्व वातावरण दिवश।

5290

नुवाकोट  - नुवाकोट ग्लोरि बोडिङ स्कुलले  बिश्व वातावरण दिवस बिबिध कार्यक्रम गरि मनाएको छ।उक्त अबशरमा बिध्यालय बाट सुरु भएको र्याली विभिन्न नारासहित बजार परिक्रमा गरि फेदिबेशी चोकमा आएर नाटक साथै बिबिध कार्यक्रम सहित समापन भएको हो। 

उक्त अबशरमा नुवाकोट ग्लोरिका सस्थापक,संचालक,शिक्षकशिक्षिका ,बिध्यार्थी लागएतको सामुहिक पहलमा ४० लिटरको ४ वटा  डस्टिवन स्थानिए चोक चोकमा स्थानीय बासिकै रोहबरमा राखिएको छ।

उक्त कार्येक्रमलाइ सम्बोधन गर्दै कार्येक्रमका प्रमुख अथिती तथा सुर्येगढी गाउपालिका वडा नं ५ का अध्यक्ष भैरब बहादुर अधिकारी ले बृक्ष्यारोपण गरि कार्येक्रम उद्घाटन गर्नु भएको थियो।कार्यक्रम लाई सम्बोधन गर्दै उहाले कार्यक्रम सहरानिय भएको र एसबाट सम्पुर्णले शिक्षा लिनुपर्ने बताउनु भयो।

स्कुलका प्रथम प्रधानाध्यापक तथा संचालक पुरुशोत्तम अधिकारी ले एसलाइ सुरुवात मात्र हो भनी बुझ्न स्थानिएलाइ आश्वासन दिनु भयो।साथै स्कुलको पहलमा प्रत्येक सनिवार वरपर सरसफाइ कार्यक्रम गरिने बताउनु भयो।