ताजा पोस्ट :

विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण ,

1840

काठमाडौ - विश्व वातावरण दिवसको अवसर पारेर पुल्चोक क्याम्पस्, आर्किटेक्चर विभागका बिद्यार्थीले आज वृक्षरोपण कार्यक्रम गरेका छन्।

ललितपुरको धापाखेलमा करिव १५० जनाको सहभागितामा गरिएको उक्त कार्यक्रम प्रदर्शनीका को-अर्डिनेटर अशेष कुमार पौडेलको सभापतित्वमा भएको थियो।

नेपाली चलचित्र जगतमा नाम कमाएकी र इन्जिनियर समेत रहेकी नायिका सुरक्षा पन्त प्रमुख अतिथीका रुपमा उपस्थित हुदै , युवाहरूको काम पढ्नु र आफ्नो मात्र बिकास नगरि, समाज र वातावरण प्रति जिम्मेवार हुनु पनि रहेको बताइन्।

 

नेपाटप, पेप्सी र प्लान्ट्स फर लाइफको सहयोगमा गरिएको सो वृक्षरोपण कार्यक्रममा करिब १०० वटा विरुवा रोपिएको थियो। सहभागी सबैलाई मायाको चिनो स्वरुप टि-सर्ट वितरण गरिएको थियो। 

वास्तुकला र यसका बिभिन्न पक्ष साथै पुन​ः निर्माण र नेपालका सम्पदा, तथा निर्माण सम्बन्धि सम्पुर्ण कुराको एकै थलोमा जानकारी दिने हिसाब ले १३औं राष्ट्रिय आशा आर्किटेक्चर प्रदर्शनीको आयोजना गर्न लागिएको हो। सो प्रदर्शनी असार ६,७ र ८ गते हुन गैरहेको छ​।