ताजा पोस्ट :

विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा नेकपा निकट नारायणबहादुर खनालको प्यानल नै बिजयी ,

1970

विदुर - विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्ष पदमा नारायणबहादुर खनालसहित प्यानल नै विजयी भएका छन् ।विदुर खानेपानीको सातौँ अधिवेशनको निर्वाचनबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका प्यानलका निर्वाचित अध्यक्ष खनालले १ सय २६ मतको फराकिलो मतान्तरले काँग्रेस निकट लोकतान्त्रिक समूहका राजेन्द्र अर्याललाई पछाडी परेका हुन् । खनालले ७ सय ६३ मत प्राप्त गरेका छन् भने अर्यालले ६ सय ३७ मत प्राप्त गरेका छन् ।

 

उपाध्यक्षमा संजिवबहादुर श्रेष्ठले ८ सय ५०, सचिवमा रघुनाथ रिमालले ७ सय ३९ र कोषाध्यक्षमा बच्चुमाया सुनारी मगरले ७ सय ५८ प्राप्त गरी विजयी भएका छन् । त्यस्तै, महिला सदस्यहरुमा रविता भट्टले ७ सय १४ मत र जगतकुमारी गिरीले ७ सय ६ मत प्राप्त गरेका छन् । सदस्यहरुमा राजेन्द्र पाण्डेले ७ सय २८, भुमिराज गजुरेलले ७ सय २५ र लवप्रसाद न्यौपानेले ६ सय ८० मत प्राप्त गरि विजयी भएका छन् ।

विदुर नगरपालिकाको मिनी निर्वाचन अर्थात् राजनीतिक पार्टीहरुको जनमत सर्वेक्षणको रुपमा मानिने  निर्वाचनमा १ हजार ५ सय ६१ जनाले मत राखेकाेमा १ हजार ५ सय ६० मत मात्र गणना भएको थियो भने १ हजार ५ सय २५ सदर र ३५ मत बदर भएको थियो ।