ताजा पोस्ट :

शिवपुरी गाउपालिका स्तरीय बाल क्लबलाई दौतरि शिक्षा तालिम ,

3830

-शिवपुरी गाउपालिका अन्तर्गत रहेका १७ वटा बाला क्लबहरुको साझा संजाल शिवपुरी गाउपालिका स्तरीय बाल  क्लब संजालका ३४ जना संजालका पदाधिकारी तथा सदस्यहरुलाई ४ दिने दौतरी शिक्षा सम्बन्धि तालिम सम्पन्न भएको छ । उक्त तालिमको उद्घाटन गाउपालिकाका अध्यक्ष रामकृष्ण थापाले गर्नु भएको थियो । थापाले समय अनुसार शिक्षा परिवर्तन हुदै आइहहेको छ र त्यसले मानिशको चेतनामा पनि त्यसै गरि बिकाश हुदै गैरहेको बताउदै गाउपालिका भित्र बढी भन्दा बढी बालमैत्री गतिबिधि संचालन गर्न बाला क्लब संजाललाई सहयोग गर्ने र संजालले पनि पालिकालाइ आफ्नो योजना पेश गर्न अनुरोध गर्नु भयो।

त्यसै गरि गाउपालिकाका बिद्यालय श्रोत व्यक्ति शम्भु थापाले बाल क्लबले बालाबालिकाइ अनुशासन मा  रहन को साथै अधिकारको बारेमा सुसुचित गराउन निकै महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो। सहयोगी सस्था सहकार्य समाज नेपालका अध्यक्ष निलकण्ठ आचार्यले बालबालिकाको अधिकार सुसुचित गराउने र रचानात्मक सोचको बिकाश गर्न संजाल धेरै राम्रो प्लेटफर्म बहेको धारणा राख्नु भयो साथै बाल हिँसा, दुर्ब्यबहार , बाल श्रम तथा बाल बिबाह जस्ता गैर कानुनि गतिविधिको अन्त गर्न सबै पक्षको महत्वपुर्ण भूमिका हुने र आफ्नो आफ्नो ठाउबाट ससक्त रुपमा क्रियासिल हुनुपर्ने बताउनु भयो।

कार्यक्रममा एस् सी एआइ  इन्क अस्ट्रेलियाका कार्यक्रम प्रबन्धक राजकुमार लामाले बाला अधिकारको सम्बर्धनको लागि सबै पक्षको भूमिका महत्वपुर्ण हुने बताउनु भयो। ४ दिन सम्म चलेको उक्त तालिममा कार्यक्रमको व्याख्या ,दौतरी शिक्षाको परिचय ,दौतरी शिक्षाको महत्व,बालबालिकाहरुमा स्वाभाविक आउने परिवर्तन, लक्षण , जोखिम , रोकथामका उपायहरु ,दौतारिहरुको जोखिमको पहिचान र संचार  ,परामर्शको सुझावहरु ,यौनिक,लैगिक हिँसा र बाल हिंसा तथा दुर्ब्यबहार को बारेमा छलफल जानकारी,बाल बिवाह र यसको असरहरु ,संरक्षण संरचना र उपचार ,आत्म बिस्वास तथा आत्म संरक्षण  सहजिकरण जस्ता बिषयमा छलफल भएका थिए। कार्यक्रमको सहजिकरण प्रेरणा गुरुङले गर्नु भएको थियो।