ताजा पोस्ट :

२०० जना चेपाङ्ग बालबालिकालाई हिमालयन बैंकद्धारा शैक्षिक सामाग्री बितरण (फोटो सहित)

5950

श्री महिला, बालबालिका तथा युवा सचेतना समाज नेपालको पहलमा धादिङ्गका २०० जना चेपाङ्ग बालबालिकालाई शैक्षिक सामाग्रीहरु क्रमश स्कूल ड्रेस, ब्याग, स्टेशनरी सामाग्री कपी किताब र पेन बितरण गरिएको छ । ओर्वाङ्ग आधारभुत विद्मालय, बेनिघाट रोराङ्ग गाँउपालिका ३, धादिङ्गमा भएको शैक्षिक सामाग्री बितरणमा हिमालयन बैंकले सहयोग गरेको थियो भने सो शैक्षिक सामाग्री बितरणलाई सहजीकरण हिमालयन बैंक कर्मचारी संगठनले गरेको हो । 

चेपाङ्ग बालबालिकाका लागि स्कूल ड्रेस, ब्याग तथा स्टेशनरी वितरण कार्यक्रम मिति  २०७६ जेष्ठ ८ गते बुधवार सम्पन्न भएको थियो । उक्त शैक्षिक बितरण कार्यक्रममा हिमालयन बैंकको तर्फबाट चिफ मेनेजर सुनिल प्रसाद गोर्खाली, हिमालयन बैक कर्मचारी संगठनको तर्फबाट संगठनका अध्यक्ष गौतम भण्डारी सहित सदस्यहरु अर्चना भण्डारी, मोहन खनाल र मधुसुधन तण्डुकारको सहभागीता रहेको थियो भने कार्यक्रम आयोजित संस्थाको तर्फबाट संस्थाकी अध्यक्ष कल्पना शर्माको साथमा कोषाध्यक्ष विमला नेपाल र सदस्य सुनिल नेपालको उपस्थिती रहेको थियो ।

शिक्षाको उज्यालो अभियानमा हिमालयन बैंक र बैक कर्मचारी संगठनको सहयोगको सरहना गर्दै यस किसिमको सहयोग आगामी दिनहरुमा हुनुपर्नेमा महिला, बालबालिका तथा युवा सचेतना समाज नेपालको जोड रहेको छ । 

बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले प्रत्यक्ष रुपमा चेपाङ्ग बालबालिकालाई शैक्षिक सामाग्री बितरण गर्न पाएकोमा बैंकका चिफ मेनेजर सुनिल प्रसाद गोर्खाली खुशी व्यक्त गर्नुभयो ।

शैक्षिक सामाग्री बितरणमा समाजसेवी राजेश्वरी श्रेष्ठको समेत सहभागीता रहेको थियो । बैंक कर्मचारी संगठनका अध्यक्ष गौतम भण्डारीले चेपाङ्ग बालबालिकाका लागि महिला, बालबालिका तथा युवा सचेतना समाज नेपालको पहलमा बैंक र बैंक कर्मचारी संगठन प्रत्यक्ष सहभागी भएर शैक्षिक सामाग्री बितरण गर्न पाएकोमा कार्यक्रम आयोजित संस्था र ओर्वाङ्ग आधारभुत विद्मालय परिवारप्रति आभार व्यक्त गर्दै विशेष धन्यवाद प्रदान गर्नुभयो ।