ताजा पोस्ट :

शिवपुरीमा गाउपालिका स्तरिय बाल सन्जाल् गठन्

18400

 शिवपुरी- शिवपुरी गाउपलिका भित्र रहेका बिभिन्न १७ वटा बिध्यालयहरुमा क्रियासिल् बाल क्लबहरुको साझा सन्जाल् गाउपालिका स्तरिय बाल क्लब सन्जाल् गठन भएको छ । कार्यक्रमको उद्घाटन् गाउपालिकाका अध्यक्ष श्री रामकृष्ण थापाले गर्नु भएको थियो । उहाले यो सन्जाल् गठन पस्चात् गाउपालिका भित्र बाल अधिकारको पुर्ण प्रत्यभुति गराउन पालिकालाइ यो सन्जाल सहयोगि हुने बिस्वास ब्यक्त गर्दै आफ्नो अधिकारको लागि अवाज उठाउन बालबालिकालाई प्रेरित गर्नु भयो। 

प्रमुख् प्रशासकिय अधिकृत श्री किशान नेउपानेले बालबालिकाहरुको हक् हित् र सबै खाले हिम्साको बिरुध्हको लागि यो सन्जाल् अवस्यक् रहेको बताउनु भयो। सहकार्य समाज नेपालका अध्यक्ष श्री निलकण्ठ आचार्यले बालबालिकाको समग्र बिकाश ,बाल अधिकारको सम्रक्षण र सम्बर्धन् गर्नका साथै बालमैत्री स्थानीय शासन स्थापना गर्न यो सन्जालको भुमिका महत्वपुर्ण हुने बताउनु भयो । कार्यक्रममा शिबपुरि गाउपालिकाका शिक्षा समितीका सम्योजक रामहरि थपाले यो सन्जाल् अति आवस्यक रहेको र यो गठन गर्न सहयोग् गर्ने सस्था सिएसएन र एस सि ए आइ अस्ट्रेलियालाइ धन्यवाद् दिनु भयो । 

                                            

शिवपुरि गाउपालिकाका श्रोत् ब्यक्ति श्री शम्भु थापाले बाल क्लब् मा सकृय भाइ बहिनिहरु ज्यादै अनुशासित हुने र अरुलाइ अनि अनुशासनमा राख्न प्रेरित गर्ने बताउनु भयो । सन्जालको अध्यक्षमा - संतोषि बुढाथोकी (स्याउरेभुमे मा बि ) उपाध्यक्ष -सन्देश नेपाली (कुम्भेस्वर मा बि ) सचिब -क्रीष्टिका परियार (जानकी माबी )सहसचिब - रश्मि तामाङ (जाल्पा देवि मा बि ) कोषाध्यक्ष -पुजा थापा (समुन्द्रा माबि ) सह कोषाध्यक्ष - सुमन परियार निर्वाचित् हुनुभएको छ् त्यसै गरि सदस्यहरुमा साधना के सि (रामायण छाप ) सुस्मिता तामाङ (खोलेखर्क माबी ) शर्मिला तामाङ (शिबालय माबी) कमला तामाङ (बोर्लाङ माबी) बिनिता नेपाली(बच्छला माबी)सबिना तामाङ ( कालिका माबी ) सर्मिला तामाङ (जनज्ञान निकेतन) सरोज गुरुङ(शिवपुरी एकता माबी) नम्रता केसि चयन भएका छन् । अध्यक्षमा ३ जनाको मनोनयन् परेको हुदा निर्वाचन् भएको थियो भने अन्य पदहरुमा सर्व सम्मत् चयन् भएको थियो।

सन्जालको कार्यकाल् १ बर्षको हुने छ् हरेको बर्ष यसको साधारण सभा मार्फत् नेतृत्व चयन् हुने छ् । सन्जाल गठनका लागि शम्भु थापा सम्योजक तथा शिवलाल राइ, दामोदर आचार्य, सुवर्ण अधिकारि रहेको निर्वाचन् समितिले सम्पुर्ण प्रकिया सम्पन्न गरेको थियो। सन्जाललाइ गाउपालिकाले कार्य योजना को आधारमा आर्थिक् तथा अन्य सहयोग गर्ने पालिकाको अध्यक्ष थापाले बताउनु भयो भने सहकार्य समाज नेपालले बार्षिक ७०००० हजार र अन्य प्राबिधिक सहयोग कार्ययोजनाको आधारमा गर्ने सस्थाका अध्यक्ष आचार्यले बताउनु भयो। कार्यक्रममा गाउपालिका भित्र रहेका १७ वटा बाल क्लबहरुलाइ पनि सामाग्री बितरण गरिएको थियो। यो सन्जाललाइ सल्लाह सुझाव दिनको लागि गाउपालिका को सम्योजकत्वमा ५ सदस्यिय सल्लाहकार समितिको पनि गठन गरिएको छ।कार्यक्रम CSN/SCAI परियोजना अन्तर्गत रहेको सहकार्य समाज नेपालको फिल्ड कार्यक्रम संयोजक निशा तामाङ्ले जानकारी दिनु भयो ।