ताजा पोस्ट :

सहकार्य समाज नुवाकोट दारा शिवपुरीको कालिकादेवि मा वि लाई शिक्षक अनुदान सहयोग ।

12110

असोज १६ शिवपुरी -,नुवाकोट जिल्लाको पुर्वि भेगमा अबस्थित शिबपुरी गाउपालिका को वडा न ६ समुन्द्रादेवि को गुर्जेमा रहेको कालिकादेवि माध्यमिक बिधालय  लाई सहकार्य समाज नेपाल ले  ५ जना माबी शिक्षक को लागी  अनुदान सहयोग गरेको छ । खुल्ला प्रतिस्पर्धा बाट ब्यबस्थित ढंगले शिक्षक र शिक्षिका चयन गरिएको छ ।पुर्ण रुपमा अग्रेजी भाषामा अध्यापन गराइने उक्त बिद्यालयमा क्रियाकलापमा आधारित रहेर सिकाइ गराउने लक्ष्य रहेको छ । सनराइज चिल्ड्रेन अस्ट्रेलियाको आर्थिक अनुदान र सहकार्य समाज नेपालको सहकार्यमा संचालित  ५ बर्षको अबधि रहेको  उक्त परियोजनाको र शिबपुरी गाउपालिकाको  मुख्य उदेश्य त्यहा अध्यनरत बिद्यार्थिहरुलाइ  गुणस्तरिय शिक्षा मार्फत विद्यालयलाइ मोडल र नमुना स्कुलको रुपमा अगाडी बढाउने  रहेको छ।सनराइज चिल्ड्रेन अस्ट्रेलियाको आर्थिक अनुदान  रहेको उक्त  परियोजना 2007 देखि संचालित छ ।

 

उक्त बिद्यालय निर्माणका लागि जग्गा खरिद देखि अत्याधुनिक भवन निर्माणको लागि सम्पुर्ण आर्थिक अनुदान सहयोग सनराइज चिल्ड्रेन अस्ट्रेलियाको रहेको छ । उक्त बिद्यालयमा अब इ ( मिदासबाट कक्षा सन्चालन गर्ने लक्ष रहेको सहकार्य समाज नेपालका अध्यक्ष निलकण्ठ आचार्यले जानकारी दिनु भयो । सस्थाको उक्त शिक्षक अनुदान  सहयोगले विधालयलाई  नमुना र गुणस्तरिय शिक्षा दिन सहज भएको प्रध्यानध्यापक कृष्ण कुमार श्रेष्ठ बताउनु हुन्छ ।  गुर्जे लगायत शिबपुरी र लिखु गाउपालिका का विभिन्न सामुदायिक बिद्यालयमा अध्यनरत बिपन्न  बिद्यार्थीहरुलाइ छात्रवृत्ति र  अन्य क्षमता अभिवृद्धि रबाल सहभागिता को साथै अभिभावक शशक्तिकरण र दिगो  जिबिकोपार्जन कार्यक्रम रहेको सस्थाका कार्यक्रम संयोजक इस्वर अधिकारिले बताउनु भयो ।