ताजा पोस्ट :

नेपाली टेलीसिरियल 'सोच’ ले दर्शकको मन जित्दै

6040

काठमाडौं | नेपाली टेलीसिरियल ”सोच’ दर्शकले रुचाएका छन् | कलाकार राजु गिरीको लेखन तथा निर्देशनमा बनेको टेलीसिरियल ”सोच’ले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ | समाजिक विषय वस्तुमा आधारित शृङ्खला प्रत्येक शुक्रबार सुवर्ण फ्लिम युट्युव च्यानल मार्फत् हेर्न सकिने छ | उक्त सिरियलमा नारायन खाती, मन महर्जन ,सरिता भण्डारी , राजेन्द्र गिरी , मनु खड्का, प्रज्ञा जोशी , माया श्रेष्ठ, सुनिता गिरी , लगायतका कलाकारको मुख्य भूमिका रहेको छ | नारायण खातिको लगानीमा निर्माण गरिएको उक्त सिरियलमा विष्णु निराकरकाे छायांकन तथा खुम बहादुर सुनुवारकाे सम्पादन रहेको छ | यसैगरी अस्मिता श्रेष्ठको सृङ्गगार र कमल सौरागले एरेन्ज गर्नुभएको छ |