ताजा पोस्ट :

गायनले साराको मन जितेकी आइडलकी लक्ष्मी , भोट गरि जिताउन अपिल 

5140

काठमाडौँ  - बेलबारी मोरङमा सामान्य परिवारमा  जन्मिएकी लक्ष्मी पौडेल नेपाल आईडल सिजन-४ मा टप १० भित्र अटाउन सफल भएकी छिन् ।यहाँसम्मको उनको यात्रा सजिलो भने रहेन। अब अगाडिको यात्रा अझ कठिन छ।

नेपाल आइडल सिजन ४ को अर्को सिँढी पार गरेर टप १० मा पर्न सफल भएकी बेलबारी,मोरङबाट प्रतिनिधित्व गर्ने एक मात्र प्रतियोगी  हुन् - लक्ष्मी पौडेल ।

नेपाल आइडल सिजन ४ को यात्रा गर्ने क्रममा केही डर केही सपना,केही उत्साह लिएर यात्रामा पाइला चालेकी लक्ष्मी सुरिलो स्वरकी धनी हुन् ।हिँड्दै गर्दा थुप्रै आदरणीय व्यक्तिहरूको साथ,सहयोग मिलि नै रह्यो।देश- विदेशबाट थुप्रै श्रोतागण,आफन्तजन ,परिचित,अपरिचत  व्यक्तिहरूले आवाजलाई माया गरिदिएर  यहाँसम्म सहजरूपमा आएकी प्रतिष्पर्धी हुन् लक्ष्मी पौडेल।लक्ष्मी भन्छिन," टप १० मा पर्ने सफलताको मुख्य देन नै मेरा प्रिय दर्शक अनि श्रोताजनहरूको हो ।म प्रति यो माया यो सद्भाव  र यो विश्वास राखिराख्नुहोला।" लक्ष्मीलाई अबको अर्को राउन्डमा  पुर्याउनका लागि भर्खरैबाट धेरैभन्दा धेरै भोटको आवश्यकता रहेको लक्ष्मीको बुवा रघुनाथ पौडेल बताउनुहुन्छ।

भोटिङ का लागी  नेपाल बाट cellpay app download गरेर साथै नेपाल बाहिरबाट shristi app द्वारा  सङ्गसङ्गै SMS द्वारा भोट गर्न inbox मा गएर 05 type गरी  37000 मा पठाउन  सक्नुहुनेछ।

भोट गर्ने समय भोलि सोमबार  दिउँसो १२ बजे सम्म रहनेछ। लक्ष्मी मोरङकी शान भएकी  र उनलाई जिताउन कुनै कसर बाकी नराख्ने बेलबारी युवा जागरण अभियान नेपालका अध्यक्ष सुजित बस्नेत बताउनुहुन्छ।