ताजा पोस्ट :

छंगु जिगु माया रतन गित प्रतियोगिता बिजेताहरुको नयाँ गित म्युजिक भिडियो सार्वजनिक

6580

काठमाडौं भाद्र १६:छंगु जिगु माया रतन’ गित प्रतियोगिता बिजेताहरुको नयाँ गित र म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको थियो। नेपाल भाषाको संगीतमा सबैभन्दा लोकप्रिय गीत ‘छंगु जिगु माया रतन’ गीतको गत श्रावण महिनामा ( cover varsan) कभर भर्सनमा उक्त गित प्रतियोगिता सम्पन्न भएको थियो। सो गितमा पुरुष स्वरमा सुजन शाक्यले प्रथम स्थान र लेडिज स्वरमा प्रथम स्थान हासिल गरेकी सुजिता डंगोलको स्वरमा नयाँ एउटा गित बजारमा आएको हो।

उक्त गित प्रतियोगिताको आयोजकले घोषणा गरे अनुसार प्रथम स्थान हासिल गर्ने जेन्स र लेडिजलाई पुरस्कारको रूपमा एउटा नयाँ गित रेकर्डिङको साथसाथै सो गितको म्युजिक भिडियो निर्माण गरिदिने घोषणा गरेको थियोे । सो अनुरुप आयोजकको तर्फबाट पुरस्कार स्वरुप बिजेताहरुको लागि नेपाल भाषाको गित ‘ जिगु लसता छ हे ‘ बोलको गित निर्माण गरिदिएको हो।

यो गितमा स्वर – सुजन शाक्य र सुजिता डंगोलको रहेको छ ।गितको रचना – निर्मल रत्न शाक्य र लय् – निल शाक्यको रहेको छ। जीवित “जल्मीको संगीत रहेको गित उक्त गितको रेकर्डिष्ट – सुरेन्द्र श्रेष्ठको सुर मेलोडी स्टुडियो, क्षेत्रपाटी काठमाडौंमा भएको हो। यस गितमा कलाकार – राजु महर्जन र निर्मला श्रेष्ठ शाक्यले मोडलिङ गरेका हुन् । नृत्य निर्देशनमा निशिला शाक्य र सहायक नृत्य निर्देशनमा सुजन बज्राचार्यले गरेका हुन् ।श्रीङ्गारमा पूजा शाही / सबिना मानन्धरले गरेकी छिन् भने क्यामरामा सम्पादन र कलर – अमर चित्रकार र सहायक क्यामरामा प्रोजोन पराजुलीले गरेका छन् ।

यो गितको निर्देशक सुरेन्द्र तुलाधर हुन भने सहायक निर्देशकमा मन्जिल शाक्य रहेका छन् । चिरन शाक्य,निर्मलरत्न शाक्य ,रन्जना जोशी,सम्झना ल्याब,बाबुराजा ज्यापु,रामकृष्ण जुजु,उत्तम प्रधान, राजु मानन्धर र पुरन सायमिले यस गितलाई सहयोग गरेका हुन् ।

यो गितको म्युजिक भिडियो शुक्रबार निर्देशक सुरेन्द्र तुलाधरको युट्युब मार्फत सार्वजनिक गरिएको हो। यो गितलाई एउटा ठुलो कार्यक्रम गरि रिलिज गर्ने सोच भएपनि कोरोना संक्रमणका कारण देशमा निषेधाज्ञा जारी भएपछि युट्युब मार्फत सार्वजनिक गर्नु परेको यो गितका निर्देशक सुरेन्द्र तुलाधरले बताएको छ।