ताजा पोस्ट :

दिनेश गौतमको पैसाकै लागि बाँच्छ मान्छे गीतको भिडियो सार्वजनिक,

5750

ललितपुर - गायक दिनेश गौतमको पैसाकै लागि बाँच्छ मान्छे बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा पुरुषोत्तम बस्नेतको शब्द तथा पुस्तक प्रसादको संगीत छ । यो गीत बस्नेतको चौंथो एल्बम कयामुदामा समावेश छ । गीतले पैसाले मान्छेलाई के के गराउँछ भन्ने भाव छ । प्रज्ञा साउन्ड स्टुडियोमा रेकर्डिङ भएको यो गीतको संयोजन दिनेश सुनामले गरेका हुन् ।

भिडियोलाई कलाकार निरु खड्काले निर्देशन गरेकी छन् । यसमा माग्नेबुढा अर्थात् केदार घिमिरेकी श्रीमती सितादेवी घिमिरे, निरु खड्का, कृष्ण रसाईली, सुष्मा, प्रकाश र स्तुती गौतमको अभिनय छ ।भिडियोमा सागर गौतमको छाँयांकन र प्रविण श्रेष्ठको सम्पादन छ । पैसाका लागि बुहारीले सासूलाई वृद्धाश्रम जान बाध्य पारेको र नातिनीले उनलाई घरमा ल्याएको तथा पैसाका लागि नारी अस्मितामा खेलवाड गरेको दृष्य भिडियोमा देखाइएको छ ।

गीतकार बस्नेतको यो चौंथो एल्बम हो । यो भन्दा अघि उनले प्रजुशा, प्रभाव र रासुम एल्बम  बजारमा ल्याइसकेका छन् । पैसा कसले बनायो गीतबाट चर्चामा आएका दिनेश गौतमको पैसा सम्बन्धी यो अर्को गीत भएको पुरmषोतम बस्नेतले शिवपुरी अनलांईन लाई जानकारी दिनु भयो ।