ताजा पोस्ट :

साईनो चलचित्र हल हलमा ।

6060

भरतसन्तोषी,- काठमाडौ।यो साता हल हरुमा चलचित्र ‘साइनो’ प्रदर्शनमा आएको छ । नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन थापा चन्दले निर्माण गरेको चलचित्र साइनो रमेश थापाले निर्देशन गरेका हुन् ।

 

निर्देशक थापाले आफ्नो चलचित्र ‘साइनो’को तीस वर्ष अघि बनेको चलचित्र ‘साइनो’सँग कुनै साइनो नलाग्ने बताउनुभयो।चलचित्रले त्रिकोणात्मक अन्तरजातीय प्रेमकथा बोकेको छ ।

 

मनसँग मन जोडिने नाता ठुलो कुरा हो भन्ने कुरा चलचित्रमा  देखाउन खोजिएको छ । एक करोडको बजेटमा निर्माण भएको चलचित्र साइनोको छायांकन काठमाडौं, काभ्रे, दोलखा तथा नुवाकोटमा गरिएको बताइएको छ।।

 

निर्देशक थापाका अनुसार चलचित्रले काठमाडौंसँग जोडिएका जिल्लाको युवाको कथा देखाउन खोजिएको छ। यही चलचित्रमार्फत मुम्बई तथा काठमाडौंमा अभिनयको प्रशिक्षण दिँदै आएका कलाकार राजकुमारले अभिनेता रूपमा ‘डेब्यू’ गरेका छन।

 

नेपालकै प्रथम अभिनेत्री भुवन थापा चन्द दिदीको चलचित्र भनेपछि काम गर्ने जाँगर बढ्यो । एउटा राम्रो टिममा काम गर्न पाएको छु । यो चलचित्रमा म माया पाउने युवकको भूमिकामा छु ।’

 

अभिनेता राजकुमारले भने।  चलचित्रमा राजकुमारको अपोजिटमा अभिनेत्री मिरुना मगर छिन् । चलचित्रमा उनले तामाङ युवतीको भूमिका निर्वाह गरेकी छिन् ।मिरुना भन्छिन्, ‘एउटा इतिहास बोकेको कलाकारले निर्माण गरेको चलचित्रमा काम गर्न पाउदा आफुलाई गौरवान्वित लागेको छ । 

 

चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित यो चलचित्रमा नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल लगायत कलाकारको बेजोड प्रस्तुति रहेको छ।   आजदेखी हलहलमा प्रदर्शन सुरु भएको यस चलचित्र प्रीमियर सो हेर्न मन्त्री इश्वर पोखरेल पनि कुमारी हल पुग्नुभएको थियो।पोखरेलले ऐतिहासिक ब्यक्ति भन्दै कलाकार भुवन चन्दलाई सफलताको शुभकामना ब्यक्त गर्नुभयो।

 

     त्यस्तै कलाकार दिपाश्री निरौलाले पत्रकारहरुले सोधेको दिपा जीको साइनो कहिले गास्दै हुनुहुन्छ?भन्ने प्रश्नमा ठट्यौलीपारामा म मंसिरमा गर्छु तर कहिलेको मंसिर त्यो भन्दिनँ भन्दै सबैलाई हसाएका थिए।निर्माण पक्षले चलचित्रबाट अत्यन्त राम्रो आशा गरेको बताए।