ताजा पोस्ट :

नाच मायाले तीज गित सावर्जनिक।

6580

भरतसन्तोषी,- काठमाडौ। मिलन फिल्मसको प्रस्तुतिमा श्यामराजा पाण्डे र पार्वती बानियाँको संयुक्त तीज गीत ´नाच मायाले` आज सार्वजनिक भएको छ।नयाँ बसपार्कको टप राजधानी  दोहोरी घरमा आज एक कार्यक्रम बीच उक्त एल्बम बिमोचन भएको हो।

    समसामयिक माया पिरतीको बिषयलाई तीज लयमा उठाउन खोजीएको यस गीतमा शब्द मिलन श्रेष्ठ र पार्वती बानियाँको रहेको छ भने स्वरमा गायिका पार्वती बानियाँलाई चर्चित गायक प्रकाश कटुवालले साथ दिएका छन। 

 चर्चित भिडियो निर्देशक मिलन श्रेष्ठको निर्देशन रहेको यस गीतमा चर्चित मोडलद्वय सन्जिव ठकुरी र सोनी बिसिले अभिनय गरेका छन।

    गीत बिमोचन कार्यक्रम प्रश्चात गायक प्रकाश कटुवालले यश गीतले दर्शक श्रोताको अटुट माया पाउनेमा दुइ मत नरहने बताउनुभयो।    गीत मिलन फिल्मसको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भैसकेको छ।