ताजा पोस्ट :

युवा गायक निश्चल घिमिरलाई लोक दोहरी गितमा ल्याउदैछ्न श्री कृष्ण बम मल्लले ,

3630

काठमाडौ - चर्चित संगीतकार श्रीकृष्ण बम मल्ल को शब्द र संगीत रहेको     " देखेर मायालाई " बोलको नयाँ लोक दोहोरी गितको रेकर्डिङ पुतलीसडक स्थित राग स्टुडियोमा भर्खरै सम्पन्न भएको  छ।

 

गायक निश्चल घिमिरे र गायिका  लक्ष्मी मल्लकले  स्वर दिएको  यो लोक दोहोरी गितले आम गितसंगीत प्रेमीहरुको  मन जित्ने कुरामा आफू ढुक्क रहेको बताउदै म्युजिक एरेन्ज  , गित रेकर्डिङका साथै हाल सम्पादनकार्यमा समेत मिहेनतका साथ काम भई रहेको कुरा संगीतकार मल्लले बताए ।

 

"गाजली लाई आज हेरेर  टोलाए  " आधुनिक गित बाट गायन क्षेत्रमा  प्रवेश गरेका गायक निश्चल घिमिरे र हाल चर्चामा रहेको लोक दोहोरी "लोभी आँखा" कि गायिका लक्ष्मी मल्लको सुमधुर स्वरले साङ्गितिक बजार तताउने देखिन्छ ।

 

समाजसेवी तथा चलचित्रकर्मी राजेन्द्र सेढाई मार्फत  श्रीकृष्ण बम मल्ल संग भेट भएको  र मल्लकै शब्द र संगीतमा लोक दोहोरी गायन क्षेत्रमा प्रवेश गरेको स्मरण गराउदै गायक निश्चल घिमिरेले चाडैनै यो गितको म्युजिक भिडियोका साथ बजारमा आउने जानकारी गराउदै उनले यो  लोक दोहोरी गायनमा मिहिनेतका साथमा लागीपरेकोले सबै गित संगीत पारखी हरुलाइ बजारमा आएपछि सुनेर हेरेर   राय सुझाव दिन पनि  अनुरोध गरेका छ्न ।