ताजा पोस्ट :

गायक उदब कार्किको उहीँ संं बिहे गर रिलिज,

5980

 

शिवपुरी - काँठ क्षेत्रका चर्चीत गायक उद्दब कार्कीको नयाँ गीत " उही संग बिहे गर" को म्युजिक भिडियो सार्बजानिक भएको छ   । पार्वती कार्की र  उद्धब कार्कीको सुमधुर स्वरमा सजिएको गीतलाइ संगम थापा र पार्वती कार्कीले रचना गरेका हुन्  । संगम र पार्वती कै संगीत रहेको गीतको भिडियोलाइ शिवपुरी म्युजिक प्रालिले निर्माण गरेको  हो  । 

 

प्रोसिस तिमल्सिनाको निर्देशनमा बनेको भिडियोलाई बिरेन्द्र भट्टले खिचेका हुन्  । अनु पराजुली , बिक्रम थपलिया , रिता थापा , उद्धब कार्की , पूर्णप्रसाद ढुंगाना , राधिका संजेल तथा बाल कलाकार रिदम सुबेदी र प्रितिका पौडेल लगायतकलारको भिडियोमा अभिनय रहेको छ  । अनिल रानाले गीतको भिडियो सम्पादन गरेका हुन्  । 

 

छाडा अनि दोहोरो अर्थ लाग्ने गीतले नेपाली लोक संगीतलाई कुरुप बनाइरहेको अबस्थामा रिलिज भएको यो मौलिक गीतले काँठे गीतको क्षेत्रमा थोरै भए पनि सकारात्मक ईट्टा थप्न सक्ने निर्देशक तिमल्सिनालेे बताएका छन् ।