ताजा पोस्ट :

साइनोको प्रदर्शन मिति साउन २४ गते,

1690

काठमाडौं । -नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्र साइनोको प्रदर्शन मिति साउन २४ गतेका लागि सरेको छ । डबिङ, कलरिङ,  मिक्सिङ लगायतका प्राविधिक काम नसकिएकाले चलचित्रको प्रदर्शन मिति सारिएको निर्देशक रमेश थापाले जानकारी दिनुभयो । यस अघि जेठ १० गते चलचित्र प्रदर्शन गर्ने लक्ष्य राखिएको थियो ।

 चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाद्धारा निर्देशित चलचित्र साइनोमा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई लगायतका अन्य कलाकारहरुको अभिनय छ । शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र साइनोमा रामेश्वर कार्कीको छाँयांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।

चलचित्रको एउटा गीत रिलिज गरिसकिएको छ । साइनो चलचित्रको अर्को नयाँ गीत चाँडै नै दर्शकमाझ ल्याउने तयारी गरिएको निर्माता भुवन थापा चन्दले बताउनुभयो । चलचित्र साइनोलाई ब्यांकेटस् इन्टरटेनमेन्टले नेपाल वितरणको जिम्मा लिएको छ ।