ताजा पोस्ट :

चचिर्त गायक राजेन्द्रकुमार कार्कीको गित मुना पलायो सार्वजनिक ।

7120

भरतसन्तोषी,-काठमाडौ।चर्चित गायक तथा गीतकार राजेन्द्रकुमार कार्कीको नयाँ लोकदोहोरी गीत ´मुना पलायो`सार्वजनिक भएको छ।आज रिपोर्टर्स क्लबको सभाहलमा भएको विशेष समारोहमा उक्त गीत सार्वजनिक गरिएको हो।

माया प्रेममा आउने उत्तराचढाब अनि घुर्की, मिलन बिछोडको समिश्रण पाइने गीत ´मुना पलायो`लाई यसै गीतका लयकार बिष्णु खत्रीको आफ्नै युट्युब च्यानल बाट हेर्न र सुन्न सकिनेछ।

गीत गायक कुलेन्द्र बिक,राजेन्द्रकुमार कार्की र मेलिना राईको सुमधुरले सजिएको छ भने सन्जिव ठकुरी,ओबी रायमाझी,सिर्जु अधिकारी,सन्ध्या सानू लगायत कलाकारको अभिनय रहेको छ।

      चर्चित भिडियो निर्देशक मिलन श्रेष्ठको निर्देशन रहेको उक्त गीतलाई चर्चित सम्पादक रोशन धितालले सम्पादन गरेका छन।