ताजा पोस्ट :

पत्रकार सुजन विश्वकर्मा भाबुकले लिएर आए "ए मेराे साथि"

2710

कमला अधिकारी-ताजा पत्रीका अनलाइन मिडिया हाउसको प्रस्तुतिमा सुजन बिश्वकर्मा भावुकको लोक दोहोरी गीत ए मेरो साथी डिजिटल बजारमा सार्वजनिक भएको छ ।वैदेशिक रोजगारीको सिलसिलामा मलेसियालाई कर्म थलो बनाएर बिगत केहि बर्ष देखि पत्रकारीतामा सक्रिय रहँदै आएका ताजा पत्रीका डट कमका सह-सम्पादक सुजनले सांगीतिक क्षेत्र प्रतिको रुचिलाई मनन गर्दै आफ्नो पहिलो सांगीतिक कोशेली आफ्नै अफिसियल युट्यूब च्यानल मार्फत बजारमा ल्याएका हुन । सुजन बिश्वकर्मा भावुकको लय , शब्द तथा स्वर रहेको उक्त गीतमा महिला तर्फ पछिल्लो समयकी बहुचर्चित गायिका शान्तिश्री परियारको सुमधुर स्वर छ भने शब्द सृजनामा तारा भुसालले पनि साथ दिएकी छन साथै गीतलाई पदम बि.सिले एरेन्ज गरेका छन ।मायामा हुने हासो , खुशी , आँसु अनि बिछोड पछिको तड्पाइलाई संयोजन गरि निकै मार्मिक धारमा निर्माण गरिएको म्युजिक भिडियो गीतको भावलाई फरक स्वाद दिलाउन दुई प्रेमिको मिलन सँगै अन्त्य भएको देख्न सकिन्छ । चर्चित निर्देशक साथै हास्यकलाकार सुजन न्यौपानेको छायांकन तथा निर्देशनमा तयार गरिएको म्युजिक भिडियोमा सुजन बिश्वकर्मा भावुक , प्रनिता रुम्बा तामाङ्ग र सुरेश श्रेष्ठको अभिनय रहेको छ भने भिडियोलाई बिष्णु भट्टराईले सम्पादन गरेका छन ।