ताजा पोस्ट :

शेयर बजारमा हाईड्रोको हरियाली ! छायो, अब बजार कतातिर

7050

2076 माघ २० गते सोमबार जलविद्युत कम्पनीका शेयरहरुमा एक्कासी खरिद चाप उत्पन्न भयो । लद्दुवित्त र बीमा कम्पनीहरुको शेयरको मूल्य एक हदसम्म माथि गएपछि ती कम्पनीहरुको शेयर नाफा सुरक्षित गरेकाहरु जलविद्युत कम्पनीका शेयर खरिदमा लागेकाले बजारमा नौलो दृश्य देखिएको बुझ्न सकिन्छ ।

गरिमा बकिास बैंकको भने राम्रो बाणिज्य बैंकमा मर्जरको हल्ला चलाएर मूल्य १० प्रतिशत बढाईएको छ ।

शेयर बजारमा लगानीकर्ताहरु एक क्षेत्रका कम्पनीहरुमा लगानी बढाएर मूल्य माथि गएपछि नाफा सुरक्षित गरी अर्को क्षेत्रका कम्पनीहरुमा लाग्ने गरेको पाईन्छ । यसले ती क्षेत्रका कम्पनीहरुको शेयर मूल्यमा चढाव आउनुका साथै कारोबार रकम समेत उचालिने गरेको छ ।

केही महिना अघिसम्म सर्बाधिक कारोबार गर्ने कम्पनीहरुको सूचीमा बाणिज्य बैंकहरु रहने गरेकोमा पछिल्ला दिनमा त्यो स्थान बीमा, लघुवित्त र अन्य कम्पनीहरुले ओगट्न थालेका छन् ।

केही दिन जीवन बीमा र लघुवित्तको शेयरमा आएको खरिद चाप अब निर्जीवन बीमा र जलविद्युत कम्पनीहरुतर्फ सरेको चित्र सोमबारको कारोबारले देखाएको छ । निर्जिवन बीमाको सूचक ५९ अंक र जलविद्युतको ४८ अंकले बढोत्तरी हुनु  यसको प्रमाण हो । बजार हिस्सा धेरै हुने बाणिज्य बैंक र जीवन बीमाको भने घटेको छ ।

अघिल्लो दिन दुई अर्ब ८ करोड बराबरको कारोबार भएकोमा सोमबार एक अर्ब ६१ करोडको कारोबार भएको छ । सूचकमा २.४९ अंकले बढोत्तरी भई १३४९.१३ विन्दुमा पुगेको छ ।