ताजा पोस्ट :

नेगेटिभ सर्किट लाग्यो दौडिएको शेयर बजारमा : महंगो मूल्यमा सेयर उठाउनेहरु यसरी झुक्किए

5910

१७४ कम्पनीका ४८ लाख ९४ हजार ६८१ कित्ता सेयर १ अर्ब ५२ करोड  ८१ लाख ५१ हजार ७९२ रुपैयाँमा कारोबार । सबैभन्दा बढी शिवम सिमेन्टले १७ करोड १९ लाख बढीको कारोबार गर्यो । नेपाल बैंकले १६ करोड  ६१ लाख, प्रभू बैंकले १० करोड ९९ लाख र अपर तामाकोशीले ९ करोड २२ लाख बढीको कारोबार गरे ।  

सैगरी, एनसीसी बैंकले ६ करोड २५ लाख बढीको कारोबार गरेको यो दिन जनता बैंक नेपालले ५ करोड १३ लाख, मेगा बैंकले ४ करोड ८१ लाख,  कृषि विकास बैंकले ४ करोड ८ लाख, एनआइसी एशिया बैंकले ३ करोड ३० लाख र एभरेष्ट बैंकले २ करोड  ८३ लाख बढीको कारोबार गरे । 

काठमाण्डौ ।  बिहीबार बजार खुलेको केही मिनेटसम्म तीव्र गतिमा दौडिएको नेप्सेमा विभिन्न कम्पनीको मूल्यमा उछाल आएको मौका छोपेर बिक्री गर्नेहरुको संख्या एकाएक बढेपछि बजार बन्दा हुँदा नेप्से परिसूचक ५.५८ अंकले मात्र बढेर  १३१९.४७ को विन्दूमा सीमित भएको हो।

बजार बढेको मौका छोपी बिक्री गर्नेहरुको संख्या बढेका कारण कारोबार रकम भनेर बढेर १ अर्ब ५२ करोड पुगेको छ । 

बजार खुलेलगत्तैको उछाल देखेर महंगो मूल्यमा विभिन्न कम्पनीको सेयर उठाउनेहरु झुक्किएका छन् । चलाख लगानीकर्ताले बढेको मौका छोपी आफूसँगको स्क्रिप्ट बेच्नतर्फ लाग्दा बिहीबार बजार अन्तिम अवस्थामा सुस्त बनेको हो । 

यो दिन राम्रा र बलिया कम्पनीमा खरीद चाप देखिँदा सेन्सेटिभ इण्डेक्स १.२३ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.४२ अंकको बढोत्तरी भयो । 

सुरुमा हराभरा बनेको नेप्सेका चारवटा उपसमूहको सूचक मात्र बढ्यो भने बाँकीमा रातो पोतियो । 

यो दिन बैंकिंग समूह १०.९५ अंकले बढ्यो भने जीवन बिमा समूह ९.५४ अंक, अन्य समूह २.०७ अंक र म्युचुअल फण्ड ०.०७ अंकले बढे । 

होटल  समूह १८.५४ अंकले घटेको यो दिन विकास बैंक समूहमा ४.४४ अंक, जलविद्युत समूहमा ५.२९ अंक, बित्त समूहमा ०.०९ अंक, निर्जीवन बिमा समूहमा ६.७९ अंक, उत्पादन तथा प्रशोधन समूहमा २४.३५ अंक र माइक्रोफाइनान्स समूहमा १.७८ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी

यो दिन बजारमा १७४ कम्पनीका ४८ लाख ९४ हजार ६८१ कित्ता सेयर १ अर्ब ५२ करोड  ८१ लाख ५१ हजार ७९२ रुपैयाँमा कारोबार भएको छ । 

सबैभन्दा बढी शिवम सिमेन्टले १७ करोड १९ लाख बढीको कारोबार गर्यो । नेपाल बैंकले १६ करोड  ६१ लाख, प्रभू बैंकले १० करोड ९९ लाख र अपर तामाकोशीले ९ करोड २२ लाख बढीको कारोबार गरे । 

यसैगरी, एनसीसी बैंकले ६ करोड २५ लाख बढीको कारोबार गरेको यो दिन जनता बैंक नेपालले ५ करोड १३ लाख, मेगा बैंकले ४ करोड ८१ लाख,  कृषि विकास बैंकले ४ करोड ८ लाख, एनआइसी एशिया बैंकले ३ करोड ३० लाख र एभरेष्ट बैंकले २ करोड  ८३ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी

यो दिन हिमालय उर्जा विकास कम्पनीका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ९.५९ प्रतिशतले वृद्धि भयो । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको मूल्यमा ८.३३ प्रतिशतको बढोत्तरी भयो ।

यो दिन पाँचथर पावर कम्पनीको मूल्यमा नेगेटिभ सर्किट लाग्यो । कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा घटेर १६३ रुपैयाँमा सीमित बन्न पुग्यो ।