ताजा पोस्ट :

धर्म संस्कृति/ परम्परा

बौडेश्वरमा साउनको अन्तिम स‍ोमवार देखिएको फोटो फिचर

काठमाडौ - आज साउनको अन्तिम सोमबार देशभरका विभिन्न शिव महादेबका मन्दिरहरुमा भक्तजन दसनार्थिहरु को भिड हुने गर्थे तर यो वर्ष कोभिड 19 ले गर्दा भिड देखिएको छैन ।हामि काठमाडौ जिल्ला को उतरिभेग टोखा नगरपालिका वडा  १ झोरको बौडेे्श्व्वर पुुगदा देखिएको तस्बिरहरू ।  

Read more

यसपाली माघे संक्रान्तिमा शुभ योग : यो योगमा गरेको पुण्य सयौं गुणा बढी हुने ! सक्दो शेयर गरौ

यसपाली मकर संक्रान्तिमा शोभन योगमा सूर्यले राशि परिवर्तन गर्दैछ । यस्तो समयमा जप, तप, दान, पुण्य, श्राद्ध, तर्पण, संस्कृती र खुशी साटासाटको पर्व माघे संक्रान्ति झनै विशेष हुनजान्छ । पूर्व फाल्गुनी नक्षत्र र शोभन योगमा मकर संक्रान्तिको संयोग परेकाले यसको महत्त्व झनै बढी भएको हो । यस्तो शुभ संयोगमा गरिएको दान पुण्य र अनुष्ठानले चाँडै फलदिने हुन्छ । माघ कृष्ण पंचमी, बुधवार तदनुसार १५ जनवरीको दिन माघे संक्रान्तिमा यस्तो विशेष संयोग बनेको छ । सनातन धर्ममा मकर संक्रान्तिलाई मोक्षको मार्ग भनिएको छ । यसै तिथिमा भीष्म पितामहले मोक्ष प्राप्त गर्नु भएको थियो । यसको साथै खरमास...

Read more

श्रीस्वस्थानी व्रतकथा मेला शुरु, कथा भने/सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उहाँको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । यस्तो छ स्वस्थानीको महिमा राजधानीबाट उत्तरपूर्वको प्राचीन नगर शङ्करापुर नगरपालिकाको साँखुस्थित शालीनदीमा पूजा तथा स्नान गर्नेको एक महिनासम्म दैनिक घुइँचो लाग्छ । राजधानी तथा विभिन्न...

Read more

पुसको आइतबार कुल देवता ‘सूर्य देव‘ को पूजा आरधना यसरी गर्नुहोस्

हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ।हिन्दू धर्मानुसार भगवान सूर्य देवलाइ एक मात्र साक्षातदेखिने देवताको रुपमा पुजा गरिन्छ।‘सूर्य देव‘को पूजा गर्दा सफलता, मानसिक शान्ति तथा शक्ति संचार हुने बिश्वास रही आएको छ।आइतवार व्रत बस्ने व्रतालुहरूले एक छाक मात्र खाना खानुपर्दछ र खानामा नुनतेल मिसाउनुहुँदैन। व्रत बस्नेहरूले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पुजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्दछ।सूर्यदेवको पूजागरि बिभिन्न फल प्राप्त गर् सूर्य देवको मंत्र यस प्रकार रहेको छ।  १) पुत्र प्राप्तिको लागि- ऊँ भास्कराय...

Read more

दक्षिणकाली मन्दिर : किंम्वदन्ती अनुसार दक्षप्रजापतिको तेत्तिसकोटी कन्या मध्ये एक दक्षिणकाली

दक्षिणकाली मन्दिर राजधानी काठमाडौंबाट २२ किलोमिटरको दुरीमा दक्षिण भेगमा अवस्थित रहेको छ। उक्त मन्दिरलाई कालीदेवीको मन्दिर पनि भनिन्छ । मन्दिर राजा प्रताप मल्लद्धारा निर्माण गरिएको हो। चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई नदीको दोभानमा रहेको छ। मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति छन्। भनिन्छ,यहाँ राजाहरू पनि प्रत्येक वर्षको वैशाखमा आफ्नो देवाली मनाउन आउँथे। मन्दिरमा बर्सेनि हजारौं भक्तजन आफ्नो मनोकाङ्क्षा पूरा गर्न आउँछन्। दसैंको बेला विशेष मेला लाग्छ। दसैंको नवरात्रीमा कैयौं भक्तजनहरू हाँस, कुखुरा राँगो, बोकाको बलि दिन्छन्। यो...

Read more