ताजा पोस्ट :

नुवाकोटमा हावाहुरीसहितको भीषण असिना पानीले मकैबाली नष्ट

19110

नुवाकोट – जेठ १४  गते बुधबार परेको भीषण असिना पानी सहितको हावाहुरीले नुवाकोट जिल्लामा कृषकहरुले लगाएको मकै बालीमा क्षति पुगेको छ। 

बिहानैदेखी पर्न शुरु गरेको असिना पानी र हावाहुरीले खेतबारिमा लगाएको हरियो तरकारी तथा मकै बालीमा बढी क्षति गरेको हो।

असिना पानीले किसानहरुले लगाएको मकै बालीसँगै तरकारी बालीलाई पनि क्षति गरेको छ।

असिना पानीले दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदी र आसपासका क्षेत्र, बेलकोटगढी नगरपालिकाको बेलकोट लगायतका ठाउँमा लगाइएको मकै बाली र तरकारी खेतीमा क्षति भएको छ ।

NUWAKOTEXPRESS.COM

नुवाकोटमा हावाहुरीसहितको असिना पानीले मकैबाली नष्ट, चिन्तामा किसान