ताजा पोस्ट :

नुवाकोट शिवपुरी गाउँपालीका - फोटोफिचरसहित, गाउँपालिका पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण छ

20440

परापुर्बकालमा भगवान शिवको क्रिडास्थलको रुपम रहेको यस भूमिमा भगवान शिवको आराधना, तपस्याको, लागि ऋषि, महर्षि तपस्वीहरुले प्रयोग गरेको भुमिको पौराणिक कथनका आधारमा यस गाउँपालिकाको नाम शिवपुरी रहन गएको पाईन्छ ।

शिवपुरी राष्ट्रिय निकुञ्ज राष्ट्रिय संगै जोडिएको यस गाउँपालिका नुवाकोट जिल्लाको एेतिहासिक,धार्मिक रुपले पबित्र भूमिको रुपमा रहेको छ। भौगोलिक रुपमा लेक ,बेशी, पहाड भूबनोटको विविधता पाईन्छ । यस गाउँपालिकामा खेतीपाती योग्य भूमि प्रशस्त मात्रमा वनजङ्गल ढाकेको छ ।

 

जनजातीको बहुल्यता रहेको यस गाउँपालिका भित्र विभिन्न जातजति, भाषा , धर्म,रीतिरिवाज, परम्परा विविधतामा एकता रहेको पाइन्छ। विविध जातजाती रहनसहन धार्मिक सांस्कृतिक एबं प्रकृतिक मनोरमका कारण यस गाउँपालिका पर्यटकीय दृष्टिकोणले पनि अत्यन्त महत्त्वपूर्ण रहेको छ। साबिक आठ वटा गाविसहरु तलाखु, छाप, लिखु,सिक्रे, महाकाली, सुनखानी र थानापति समायोजन भई साबिक ८ ओटा गा.वि.स हरु मिलेर बनेको शिवपुरी गाउँपालिकाको केन्द्र शेरावगरमा रहेको छ।

मध्यपहाडी लोकमार्गले शिवपुरी गाउँपालिका लाई विचबाट छीचलेको र टोखा छहरे सडक ले पश्चिमपटी वाट काटेको छ।काठमाण्डौसंग नजिक रहेको यस गाउँपालिका बिकाश र समृद्धिको लागि प्रचुर संभाबना रहेको एवं गाउँपालिका विकास र गाउँवासिको स्वर्णिम भविस्यको लागि बिश्वस्त रहने प्रशस्त आधारहरु रहेको पाइन्छ ।

​​​​​​