ताजा पोस्ट :

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई : रोपाईं गर्न गोरखाको आफ्नो गाउँ पुगेपछिको : फोटो झलकहरु

5130

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई रोपाईं गर्न आफ्नो गाउँ पुगेका छन् । धान दिवसको अवसर पारेर डा. भट्टराई गोरखाको पालुङटार नगरपालिकास्थित खोप्लाङ-ज्योतिचौरमा रहेको आफ्नै खेतमा रोपाईँ गर्न पुगेका हुन् ।

धान रोपाइँमा सरिक भएका उनले कृषिको आधुनिकिकरण र व्यवसायीकरणमा जोड दिन आग्रह गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा ‘हो हो तारे हो हो। हो हो माले हो हो’ भन्दै पोष्ट गरेका छन्। उनले पोष्ट गरेको तस्बिरमा हली बनेर दाँदे लगाइरहेको देखिन्छ भने अर्को तस्बिरमा बाउसे गरिरहेको देखिन्छ।

‘पालुंगटार नपा–१ र सफल मल्टीपर्पोज कृषि फर्मको आयोजनामा पुर्ख्यौली थलोमा रमाइलो राष्ट्रिय धान दिवस मनाइयो। कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिउँः स्वदेशमै रोजगार सिर्जना गरौं१ कृषिमा आत्मनिर्भर बनौं’ उनले ट्वीट गरेका छन्।

तस्विरहरु : डा. बाबुराम भट्टराईको फेसबुकबाट​