हेटौडा - जेष्ठ २७ जनप्रिय माध्यमिक विद्यालय प्राविधिक शिक्षालय हेटौडा १६ हटिया चिसापानी मकवानपुरले राष्ट्रिय कृषि दिवसको अवसर पारेर बृहत कृषि प्रदर्शनी सम्पन्न गरेको छ ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि खुलालले देश विकासको मेरुदण्ड भनेको प्राविधिक शिक्षा हो । प्राविधिक शिक्षाको प्रवर्द्धनमा जनप्रिय को महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै । विद्यार्थीको आचरण ,संस्कार र सभ्यताको विकास गर्न विद्यालय स्तर देखिनै योग, ध्यान र प्राणायाम लागु गर्नु पर्नेमा सबैको ध्यानाकर्षण गराउनु भयो र कृषि क्षेत्रमा जनप्रियको अझ प्रगतिको कामना समेत गर्नु भयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नमराज अर्यालले कार्यक्रम माथि प्रकाश पार्दै आगन्तुक सबैमा स्वागत गर्नु भएको थियो । उदघाटन कार्यक्रममा हेटौडा १६ का वडा अध्यक्ष रामकृष्ण कोइराला , छिमेकी विद्यालयका प्रधानाध्यापकहरु ,विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु ,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, शिक्षक , समाजसेवी बुद्धिजीवी ,अभिभाबक एबम् विद्यार्थीहरुको उल्लेख्य सहभगिता रहेको थियो कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ चौलागाईको अध्यक्षतामा र प्राविधिक शिक्षक सुजन कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुद्वारा तयार गरिएको कृषि संग सम्बन्धित सामाग्रीहरु प्रदर्शनीको रुपमा राखिएको मोहन चन्दर् चौलागाईंले शिवपुरी अनलाइन लाई जानकारी दिनु भयो ।