ताजा पोस्ट :

नुवाकोटको रानिपौवामा पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला जेष्ठ ४ गते देखि हुने।

4340

काठमण्डौ - पोष्टबहादुर  बोगटी स्मृति प्रतिष्ठान र ककनी गाउँपालिकाको सह–आयोजनामा यहि जेष्ठ ४ गते देखि ८ गते सम्म कृषि प्रदर्शनी मेला ककनि गाँउपालिका को रानिपौवा बजारममा हुने भएको छ । मेलाको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुने छ भने प्रदर्शनीमा द्रोसो दिन पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल,तेस्रो दिन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, चौथो दिन राजनितिदलका नेता र पाचौ दिन कृषि मन्त्रि  चक्रपाणि खनाल साथमा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहने  मंगलबार काठमण्डौको अनामनगरको युनियएन हाउसमा पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानले मेलाबारे जानकारी गराएको छ । 

                    

 

कृषि क्षत्रको विकास, विस्तार एवम् प्रवर्द्र्धन गर्दै कृषि उत्पादनमा  बढाउने र युवाहरुलाई विदेशीनबाट रोक्ने कृषि उत्पादन बाट आर्थिक विकासमा टेवा पुयाउन  मुख्य लक्ष्य रहेको प्रतिष्ठानले बताएको छ ।  पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका अध्यक्ष हितराज पाण्डेले कृषिमा बैज्ञानिकता, आधुनिकता र व्यवहारिकता उत्पादनमा वृदि गर्न का लागि मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । 

 

नुवाकोट जिल्लाका दुई नगरपालिका सहित १० गाउँपालिका र छिमेकी तीन जिल्ला रसुवा, धादिङ र काठमाडौं समेत समेट्ने गरि मेलाको आयोजना गरिएको  जनाएको छ । कुल ४० स्टल रहने मेलामा  नुवाकोटका १२ स्थानिय तहलाई एक–एक वटा स्टल निःशुल्क उपलब्ध गराइएको र बाँकी स्टलहरु व्यवसायीक मागका आधारमा उपलब्ध गराइने  नुवाकोटका सघिय सासद तथा प्रतिष्ठानका उपाध्यक्ष मेला आयोजक समितिका संयोजक हितबहादुर तामाङ्गले जानकारी दिनु भयो ।  

मेलामा नुवाकोट का विभिन्न स्थानमा उत्पादित स्थानीय कृषि उत्पादन, कृषि सामाग्री र कृषि परामर्श केन्द्रका स्टलहरु रहने र यस्तै जिल्लाको विशेष कृषि उत्पादन ट्राउण्ट माछाको समेत अवलोकन गर्न सकिने उनले जानकारी दिए । मेलामा ४० देखि ५० हजार अवलोककर्ताहरु ले अवलोकन गर्न अनुमान गरिएको छ । २ करोड भन्दा माथिको आर्थिक कारोबार हुने आयोजक समितिले अनुमान गरेको छ ।