ताजा पोस्ट :

शिवपुरी फ्रेस तरकारी पसल सञ्चालनमा,

11510

काठमण्डौ- नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका लगाएत विभिन्न स्थानमा उत्पादित कृषि उपज तरकारि को बजारमा सिधै उपभोक्ता माझ पुयाउन काठमण्डौको छहरे टोखा सडक ग्राण्डि अगाडिको तरकारी बजारकमा तरकारी पसल सञ्चालनमा आएको छ । नुवाकोटमा कृषकले उत्पादन गरको तरकारि सिधै यस पसलमा सुफथ तथा होलसेल मुल्यमा बिक्रि गर्न ल्याईने शिवपुरि ८ का जागरmक कृषि सहकारि सस्था का अध्यक्ष राम पुडासैनिले बताउनु भयो ।

अहिले यस पसल सञ्चालन गर्न जागरmक कृषि सहकारीले सयोजन गरिरहेको छ । भविष्यमा कृषकको उत्पादन र बजारको माग हेरेर काठमण्डौको अन्य स्थानमा पनि पसल सञ्चालन गरिने पुडासैनिले बताउनु भयो । यस  तरकारी पसल सञ्चालनले नुवाकोटमा तरकारि उत्पादन गर्न कृषकको लागि बजार ब्यबस्थापन र्गन थप हौसाला प्रदान गरेको शिवपुरी ७ का सुनखानि बहुउद्धेश्यि सहकारि सस्थाका अध्यक्ष प्रकास पाण्डे बताउनु हुन्छ ।

तरकारि पसल सञ्चालनले नुवाकोट बाट काठमण्डौमा आई बसोबास गर्न नुवाकोटको मानिसले गाउँबाट कृषकको खेतबारि बाट लेउदा ताजा फ्रेस तरकारि सिधै बजारका उपभोत्ता माझ उपभोग गर्न सहज भएको समुन्द्रादेवि कृषि बहुउद्धेश्यि सहकारि सस्थाका सञ्चालक सदस्य हरि भेटुवाल भन्नु हुन्छ । तरकारी पसलले उपभोत्ताको माग अनुसार होम डेलिभरिको पनि ब्यबस्था गरेको छ ।