ताजा पोस्ट :

नुवाकोटको शिवपुरीमा पर्यटन प्रवद्वन गर्ने पदयात्रा ।

7810

काठमाडौ - नुवाकोट जिल्ला को पुर्वि भेगमा अबस्थित शिवपुरी गाउँपालिका मा पर्यटन प्रवदन गर्ने उधेश्यले पदयात्रा कार्यक्रम भएको छ ।काठमाडौ को बुढानिलकण्ठ देखि शिवपुरी को अल्छे मैदान सम्म भएको छ ।

उक्त कार्यक्रम नयाँ वर्षको अबशर पारेर शिवपुरी मा पर्यटन प्रवदन र विकासको लागि धेरै राम्रो स्थान र काठमाडौ बाट नजिकै भएको र यहा बाट प्राकृतिक मनोरम हिमाल को दृश्य अवलोकन गन सकिने अर्गानिक कृषि उत्पादन को राम्रो र्ठाउँ भएको ले अल्छे मैदान पर्यटन प्रवदन समितिले  कार्यक्रम आयोजना गरेको हो  ।

उक्त पदयात्रा कार्यक्रम को शुभारम्भ बुढानिलकण्ठ मन्दिर बाट नेकपा नेता तथा नुवाकोटका पुर्व सासंद राजेन्द्र प्रकाश लोहनी र बुढानिलकण्ठ नगरपालिका का मेयर उदव खरेलले गर्नु भएको थियो ।

पदयात्रामा सहभागीलाई लोहनी र खरेल ले नयाँ वर्षको शुभकामना दिनुहुँदै विकासका लागि पर्यटन प्रवदन गर्नु पर्ने र शिवपुरी काठमाडौ सग जोडिएको ले पर्यटन क्षेत्र का लागि राम्रो ठाउँ पदमार्ग भएको र यसको प्रचार प्रसार गरि पर्यटन विकास भए मा अार्थिक समृद्धि मा राम्रो हुने बताउनु भयो ।

पदयात्रामा शिवपुरी का पर्यटन ब्याबसायि राजनीति दलका विभिन्न तहका नेता कार्यकता समाजसेवी  जनप्रतिनिधि पत्रकारको  सहभागी रहेको थियो । उक्त पदयात्रा कार्यक्रम ले शिवपुरी क‍ो पर्यटन प्रवदन र विकास मा टेवा पुग्ने पदयात्रा कार्यक्रम आयोजक शिवपुरी ३ लिखुका  दिनेश अधिकारी ले शिवपुरी अनलाइन लाई बताउनुभयो ।

तेस्तै शिवपुरी ४ सिक्रेका गुरुङ पर्यटन ब्याबसायि सघ नेपाल का महासचिव ईश्वर गुरुङले शिवपुरी मा पर्यटन भित्र्याउन घर बाँस कार्यक्रम होमस्टे सञ्चालन गरि विभिन्न कला सस्कृति कल्चर देखाई पर्यटक लाई   शिवपु री गाउँपालिका को ठाउँमा आकर्षण गर्ने सके राम्रो आयअार्जन गरि बिकास र समृद्धि मा पुग्न सकिने बताउनु भयो ।